त्रिकोणात्मक सिरिजमा नेपालको लगातार जित, युएई पाँच विकेटले पराजित

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार जित निकालेको छ । आज यूएईसँग भएको प्रतिश्पर्धामा समेत नेपालले जित दर्ता गर्यो । मुलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमाटस जितेको नेपालले पहिले बलिङ रोजेको नेपालले १६५ रनको लक्ष्य पाएको थियो ।

६ कार्तिक काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार जित निकालेको छ । आज यूएईसँग भएको प्रतिश्पर्धामा समेत नेपालले जित दर्ता गर्यो । मुलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेको नेपालले पहिले बलिङ रोजेको नेपालले १६५ रनको लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा खराब सुरुवात गरेको नेपालले कप्तान रोहित शर्मा र को आशिफ शेखको ९९ रनको साझेदारीपछि लयमा फर्किएको थियो । शेख ६२ रनमा आउन भएपछि चौथो विकेटका रुपमा आएका दिपेन्द्रसिंह ऐरीले पहिलो बलमै छक्का प्रहार गरेर खेलमा नयाँ पन ल्याए । हाफ सेन्चुरीको मुखैमा आउट भएका रोहितको स्थानमा आएका गुल्सन झाले ऐरीलाई इस्ट्राइक दिए । रोमान्चक बनिरहेको खेलमा दिपेन्द्रले लगातार चौका प्रहार गरेपछि युएई ४ बल बाँकी छँदै ५ विकेटले पराजित बन्यो । मुलपानी क्रिकेट मैदानमा थर्ड अप्पाएर नहुँदा बाउण्ड्रीमा छोएका स्कोरको चौका वा छक्का छुट्याउन असजिलो भएको थियो ।
नेपाल एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ । यद्यपी आजको खेल फाइनल प्रवेशका लागि हो । नेपाल, युएइ र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेकोमा आज पनि जित दर्ता गरेको छ । बुधबार युएइ र हङकङबीच बुधबार अर्को खेल हुँदैछ । २ अंक जोडेको युएइ फाइनलमा जाने निश्चित भएपनि हङकङले ठूलो रनरेट अन्तरले जितेमा उसको पनि फाइनल पुग्ने झिनो सम्भावना बाँकी छ ।
आजको खेल हारे पनि नेपाल र युएइ नै फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल कार्तिक १० गते कीर्तिपुर खेल मैदानमा हुँदै छ । मेन्स टी २० र्याङकीङमा नेपाल १६ औं स्थानमा छ भने युएई १७ औं स्थानमा छ, हङकङ २१ औं स्थानमा छ ।

प्रतिक्रिया