आज विजया दशमी

आज विजया दशमी मान्यजनबाट टिका, जमारा र आशीर्वाद ग्रहण गरि मनाईंदैछ ।

७ कार्तिक, काठमाडौं । आज विजया दशमी मान्यजनबाट टिका, जमारा र आशीर्वाद ग्रहण गरि मनाईंदैछ । आजको दिनलाई दुर्गापक्षको मुख्य दिन पनि भनिन्छ ।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अनुसार आज पहिलो टिका ग्रहण गर्ने उत्तम साइत भने बिहान ११ः०२ बजेको रहेको छ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्वमा   घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्नसक्ने परम्परा छ ।

असत्यमाथि सत्य र दैत्यमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरू गरिएको धार्मिक विश्वास छ । त्यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

प्रतिक्रिया