यू–१९ प्रिमियर कप फाइनल : नेपालले युएइलाई दियो २८१ रनको लक्ष्य

कप्तान देब खनालको सतकीय पारीसँगै नेपालले यू–१९ प्रिमियर कपको फाइनलमा युएइलाई २८१ रनको लक्ष्य दिएको छ ।

७ कार्तिक, काठमाडौं । कप्तान देब खनालको सतकीय पारीसँगै नेपालले यू–१९ प्रिमियर कपको फाइनलमा युएइलाई २८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि कप्तान खनालले खेल लयमा फर्काएका थिए । तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । नेपालले पुरा ५० ओभर खेल्दा ८ विकेट गुमाएर २८० रनको विशाल लक्ष्य बनाएको हो । खेल हेर्न नेपाली प्यानहरु मैदानमै पुगेका थिए । केहीबरेरपछि युएइले जवाफी ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया