दशैंको टीका लगाउने क्रम आज पनि जारी

दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ।

८ कार्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ। नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन सम्म रहन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित राखेको जमारा र टिका विजयादशमीका दिन सुरु हुन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरेपनि टाढा भएका आफन्तजनहरुसम्म कोजाग्रत पूर्णिमासम्म पुगेर टीका लगाउने चलन रहि आएको छ भने कतिपय ठाउँमा विजया दशमीको दिन मात्र लगाउने चलन छ ।

आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास पनि छ ।

प्रतिक्रिया