त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपाल र यूएई भिड्दै

त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

१० कार्तिक, काठमाडौं। त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । यसअघिका लिग चरणका खेलहरु मुलपानीस्थित क्रिकेट मैदानमा भएका थिए ।
घरेलु टोली नेपाल समूह चरणका चारवटै खेल जितेर फाइनलमा पुगेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । यूएईले भने लिग चरणको एक खेल मात्र जितेको थियो । बुधबार हङकङसँग फराकिलो हार बेहोरेर पनि रनरेटका आधारमा यूएईले फाइनल प्रवेश गरेको हो । आज नेपाल यूएईविरुद्धको अपराजित यात्रा कायमै राख्दै घरेलु मैदानमा उपाधि आफ्नो पक्षमा पार्ने रणनीतिमा हुने छ । यूएई पनि उपाधि आफ्नो पक्षमा पार्ने कोशिसमा हुने छ । मेन्स टी २० र्याङकीङमा नेपाल १६ औं स्थानमा छ भने युएई १७ औं स्थानमा छ, हङकङ २१ औं स्थानमा छ । यो खेलमा नेपालले युएइलाई जिते हालको नेपालको टी २० र्याङकीङ माथि जाने छ ।

प्रतिक्रिया