त्रिकोणात्मक सिरिजको फाइनलमा चुक्यो नेपाल

नेपाललाई पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।

१० कार्तिक, काठमाडौं । नेपाललाई पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । नेपालले दिएको १६३ रनको लक्ष्य यु ए ईले एक बल बाँकी हुँदा ६ विकेट गुमाउँदै पुरा गरेर जित हात पारेको हो।

खेलमा नेपालका गुल्सन झा र अभिनाश बोहोराले २/२ विकेट लिए भने कुलश मल्लले १ विकेट लिए ।

यसअघिको ब्याटिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाएका थिए । उनले २९ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ५० रन बनाए । भुर्तेल हुनुअघि नै नेपालले दुई विकेट गुमाइसकेको थियो । यस्तै ओपनर आसिफ शेखले ७, करण के सीले २३, सोमपाल कामीले १३ रन जोडे। गुल्सन झाले पनि नेपाललाई ५ रन दिलाए । कप्तान रोहित पौडेलले १८, दिपेन्द्र सिंह ऐरीले २०, सन्दिप जोराले १० र कुशल मल्लले एक रन जोडे।

प्रतिक्रिया