राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, राष्ट्रपति, प्रधानमनमन्त्रीलगायतसँग भेटवार्ता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । आज आइपुगेका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गरेका छन् ।

१२ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । आज आइपुगेका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गरेका छन् । उनले आजै पाटन दरवारस्क्वायरको अवलोकन भ्रमण गरेका छन् ।
यसैविच गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि बताए ।
“नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्”, उनले भने ।
महासचिव गुटेरेसले भ्रमणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताए । महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया