जुगलको चनौटेमा नवनिर्मित प्रहरी चौकीको समुद्घाटन

जिल्लाको जुगल गाउँपालिकास्थित चनौटेमा नवनिर्मित पक्की प्रहरी चौकी भवनको आज उद्घाटन गरिएको छ । बागती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरेका हुन् ।

१२ कार्तिक, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिकास्थित चनौटेमा नवनिर्मित पक्की प्रहरी चौकी भवनको आज उद्घाटन गरिएको छ । बागती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोध गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले चौकी स्थापनाले शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई विशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणालगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, वडाअध्यक्षहरु, नेपाल प्रहरी, स्थानीयबासीन्दाको उपस्थिति रहेको थियो । बलेफी गाउँपालिकाको जलविरे भन्दा माथिल्लो भागमा पक्की संरचनासहितको प्रहरी चौकी भवन उद्घाटन गरिएको हो ।

प्रतिक्रिया