आजदेखि काठमाडौंमा टी २० विश्वकप एसिया छनोट खेल हुँदै, कीर्तिपुरमा नेपालले सिंगापुरसँग खेल्ने

आजदेखि आईसीसी टी २० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता काठमाडौंमा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्र सहभागी छन् ।

१३ कार्तिक, काठमाडौं । आजदेखि आईसीसी टी २० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता काठमाडौंमा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्र सहभागी छन् ।
सोमबार चार खेल आयोजना हुँदै छ । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुनेछ । यस्तै समूह ए अन्तर्गत रहेका ओमान र मलेसियाबीचको कीर्तिपुर मै दिउँसो सवा १ बजे सुरु हुनेछ ।
यसैगरी समूह बी मा रहेका यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ भने समूह बी कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मै हुनेछ।

प्रतिक्रिया