बलेफी गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा

बलेफी गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा सर्न अझै छ महिना लाग्ने भएको छ । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको नयाँ भवनबाट आगामी चैतभित्र काम सुरु हुने गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बताए ।

१६ कार्तिक, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा सर्न अझै छ महिना लाग्ने भएको छ । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको नयाँ भवनबाट आगामी चैतभित्र काम सुरु हुने गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बताए । अध्यक्ष तामाङका अनुसार निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम सकिइसकेको छ । सोमबार अध्यक्ष तामाङ, प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाल, प्राविधिक टिम सहित निर्माणाधीन प्रशासकीय भवनको निरिक्षण गरिएको थियो । सो क्रममा पछिल्लो भागमा मेसीनरी वाल लगाउने काम सुरु गर्न निर्देशन दिइएको उनले बताए । गाउँपालिकाले आफ्नो प्रशासनीक भवन पालिकाको वडा नं ५ स्थित बलेफी बजारदेखि केही माथि बनाइरहेको छ । पालिका स्थापना भएपछि पहिलो कार्यकालमा सुरु भएको भवन निर्माणको काम सक्न ढिलाइ भएको छ । जग्गा विवाद, ठेकेदारको ढीलासुस्ती एवं पछिल्लो भागमा मेसीनरी वाल लगाउने काम गर्नु भएपछि नयाँ भवनमा सर्ने काममा ढीलाई भएको छ ।
बलेफीले अहिले भने वडा नं ५ को भवनबाट सेवा दिइहेको छ । बलेफीको ८ वटा वडामध्ये ५ वटा वडाका आफ्नै भवन छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालका अनुसार वडा नं २, ३ र ७ को भने आफ्नो भवन बन्ने क्रममा छन् ।

प्रतिक्रिया