गुटरेसको भ्रमणपछि नेपालको कुटनीतिक सन्तुलन उत्कर्षमा : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेको नेपाल भ्रमणले विश्वमा बहुआयामिक सन्देश दिएको बताएका छन् ।

१६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेको नेपाल भ्रमणले विश्वमा बहुआयामिक सन्देश दिएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा सापकोटाले गुटरेसको भ्रमणपछि नेपालको कुटनैतिक सफलता उत्कर्षमा पुगेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत, संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिका र त्यसपछिको चीन भ्रमण एवं नेपालमा भएको गुटरेसको भ्रमणले कुटनीतिक क्षेत्रमा सन्तुलनको काम गरेको उनको भनाई थियो ।
गुटरेसको नेपाल भ्रमणबाट शान्तिको सन्देश, जलवायु परिवर्तनको विषय र नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा महत्वपूर्ण सन्देश विश्व समुदायमा प्रवाह भएको सापकोटाको भनाई थियो । उनले यसबाट नेपालले बहुआयामिक उपलब्धि हासिल गर्न आधार तयार गरेको बताए ।

प्रतिक्रिया