नेपाल टी–२० विश्वकपका लागि छनोट

अन्तत नेपाल टी २० विश्वकपका लागि छनोट भएको छ । मुलपानीस्थित क्रिकेट मैदानमा आज भएको निर्णायक खेलमा नेपालले युएईमाथि सहज जित निकाल्दै सन् २०२४ मा हुने टी २० विश्वकपका लागि छनोट भएको हो ।

१७ कात्तिक, काठमाडौं । अन्तत नेपाल टी २० विश्वकपका लागि छनोट भएको छ । मुलपानीस्थित क्रिकेट मैदानमा आज भएको निर्णायक खेलमा नेपालले युएईमाथि सहज जित निकाल्दै सन् २०२४ मा हुने टी २० विश्वकपका लागि छनोट भएको हो । आजको खेलमा ओपनर आशिफ शेखले ६३ रनको महत्वपूर्ण योगदान गरे । छनोट खेलको सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले सबै ओभर खेल्दा ९ विकेट गुमाएर १३४ रन जोड्न सफल भयो । १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
आजको जितसँगै नेपाल टी २० विश्वकपका लागि छनोट भएको छ । सन् २०१४ मा नेपाल टी २० विश्वकपमा छनोट भएको थियो । त्यसबेला नेपालको क्याप्टेन पारश खड्का थिए ।

प्रतिक्रिया