जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, ८० जनाको मृत्यु, १४० बढी घाइते

गएराती जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो जनधनको क्षती भएको छ । भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा कम्तिमा ८० जनाको मृत्य भएको छ ।

१८ कार्तिक, काठमाडौं । गएराती जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो जनधनको क्षती भएको छ । भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा कम्तिमा ८० जनाको मृत्य भएको छ । दुबै जिल्लामा गरी १ सय ४० जना बढी घाइते भएका छन् । सुरक्षा निकायहरु उद्धार र राहतका लागि जुटेका छन् ।

सरकारले औषधि सहितको उद्धार सामग्री पठाउने तयारी गरेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुग्दै छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटजाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२ः८,१२ः२९, १२ः३५ गरी ४ पटक क्रमश ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्प गएको उनले बताए । देशभर भूकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया