जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १२८ पुग्यो, मेडिकल टिमसहित जाजरकोट उडे प्रधानमन्त्री

जाजरकोट भूकम्पमा परि मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । जाजरकोट र रुकुमा पश्चिममा गरी हाल सम्म मृत्यु हुनेको संख्या १२८ पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

१८ कार्तिक काठमाडौं । जाजरकोट भूकम्पमा परि मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । जाजरकोट र रुकुमा पश्चिममा गरी हाल सम्म मृत्यु हुनेको संख्या १२८ पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
यसैविच तत्काल उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक स्वास्थ्य सामग्रीसहित प्रभाबित क्षेत्रका लागि उडेका छन् ।

प्रतिक्रिया