भूकम्प प्रभावितलाई सहयोगमा कुनै कमी हुन दिईंदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित जनतालाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताएका छन् ।

१९ कार्तिक, जाजरकोट। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित जनतालाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताएका छन् । विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावितको उद्दार, खानपिन, बसोबास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलंगा पुगेका उनले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर उत्तिकै परिचालित हुन समेत उनले निर्देशन दिए ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली आजै पश्चिम रुकुम पुगेको छ । टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत छन् । शुक्रबा राती जाजरकोट केन्द्र बनाएर गएको ६ दशमलम ४ म्याग्नीच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा ठूलो मानवीय एवं भौतिक क्षति भएको छ ।

प्रतिक्रिया