सञ्चार रजिष्ट्रार कार्यालयद्धारा ३१ महिला पत्रकार प्रशिक्षित

बागमती प्रदेशका महिला पत्रकारहरुका लागी आयोजना गरिएको पाँच दिने तालिम सम्पन्न भएको छ ।

२१ कार्तिक, चितवन । बागमती प्रदेशका महिला पत्रकारहरुका लागी आयोजना गरिएको पाँच दिने तालिम सम्पन्न भएको छ । सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेशद्वारा चितवनमा आयोजित ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’को सोमबार समापन गरिएको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बिहिबार औपचारिक रुपमा तालिमको उद्घाटन गरेका थिए ।
कार्यशालाका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले पाँच दिने तालिमले समाचार लेखन तथा सम्पादनमा सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाए ।

हिजो सम्पन्न कार्यशालामा बागमती प्रदेशभित्रका सबै जिल्लाका गरि जम्मा ३१ पत्रकार महिला सहभागी थिए । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले गत वर्षपनि पत्रकार महिलाको लागी यस्तै तालिमको आयोजना गरेको थियो । यसअघिदेखि कार्यालयले मोबाइल पत्रकारिता, अनलाइन पत्रकारिता लगायत आवश्यक तालिम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया