निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै लिसंखुपाखर

जिल्लाको लिसंखुपाखर गाउँपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पालिकामा स्थायी बसोबास गर्ने, आर्थिक सामाजिक रुपले विपन्न र लोकसेवा पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गरि तयारी कक्षा सुरु गर्न लागेको जनाएको छ ।

७ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पालिकामा स्थायी बसोबास गर्ने, आर्थिक सामाजिक रुपले विपन्न र लोकसेवा पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गरि तयारी कक्षा सुरु गर्न लागेको जनाएको छ ।
आर्थिक वर्ष २०८०,८१ को वार्षिक कार्यक्रमबाट लोकसेवा आयोगद्वारा लिइने सहायक स्तर चौथो, पाँचौ र अधिकृत स्तर सातौं तहको प्राविधिक तथा अप्राविधिक पदको प्रतियोगात्मक परिक्षा सम्बन्धी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले बताए । बुधबार सूचना प्रकाशित गर्दै गाउँपालिकाले १५ दिनभित्रमा आवश्यक कागजातसहित निवेदक स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने जनाएको छ ।
सूचनाअनुसार कक्षा लिन अपेक्षित पदअनुसारको न्युनतम शैक्षिक योग्यता नेपाल सरकारले तोकेबमोजिम हुनेछ । कक्षा सञ्चालन हुने मिति, समय र स्थान भने पछि तोकिने जनाइएको छ ।

प्रतिक्रिया