जाजरकोट भूकम्प प्रभावितका लागि चौताराको सहयोग प्रधानमन्त्रीलाई हस्तान्तरण

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितका लागि सहयोग हस्तान्तरण गरेको छ । विहीबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी नगरप्रमुख कृष्ण प्रसाद सापकोटासहितको टोलिले १७ लाखको चेक हस्तान्तरण गरेको हो ।

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितका लागि सहयोग हस्तान्तरण गरेको छ । विहीबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी नगरप्रमुख कृष्ण प्रसाद सापकोटासहितको टोलिले १७ लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण गर्न नगरपालिकाका मेयर सापकोटासहित उपमेयर सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

गत कार्तिक २३ गते बसेको नगर कार्यपालिकाको बैठकले केन्द्रिय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्नेगरि नगरपालिकाको तर्फबाट १७ लाख रकम सहयोग गर्ने निर्णय गरेको थियो ।
सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरुमध्ये बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भुकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया