इन्द्रेश्वरी मा.विले पायो विद्यालय बस,मन्त्री दुलालद्वारा उद्घाटन

जिल्लाको मेलम्ची नगरपालिका, टार स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको विद्यालय बसको उद्घाटन गरिएको छ । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा प्राप्त बसकाे आइतबार प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री युवराज दुलालले उद्घाटन गरेका हुन् ।

१० मंसिर, सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका, टार स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको विद्यालय बसको उद्घाटन गरिएको छ । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा प्राप्त बसकाे आइतबार प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री युवराज दुलालले उद्घाटन गरेका हुन् ।

विद्यालय बस हस्तान्तरण गर्दै मन्त्री दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरीय सिकाई केन्द्र र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ विद्यालय बस कार्यक्रम सञ्चालन गरेको बताए । उनले मेलम्ची नगरपालिकाको तेर्से माध्यमिक विद्यालय र इन्द्रेश्वरि मा.वि,  चाैतारा नगरपालिकाकाे कुविन्डेस्थित सेती देवि पञ्चकन्या , कृष्ण रत्न गङ्गा ,सिद्धिगणेश मा.वि, जनविकास मा.वि, लिसंखुपाखर गाउँपालिकाकाे महेन्द्र मा.वि,  पाँचपाेखरि थाङ्पाल गाउँपालिकाकाे थाङ्पाल भ्यालीलाई स्कुलबस उपलब्ध गराई सेवा प्रवाह भइरहेको जानकारी दिए । बागमती प्रदेशका ३० विद्यालय नमुना बनाउने कार्यक्रम अनुसार इन्द्रेश्वरी मा.वि पनि परेकाले यस विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा अगाडि बढाएको उनको भनाई छ। मन्त्री दुलालले भौतिक पुर्वाधार ,शैक्षिक पुर्वाधार ,स्वास्थ्यका पुर्वाधार लगायत हरेक क्षेत्रको विकास गर्नका लागी योजनाबद्द हिसाबले अगाडि बढेको भन्दै यस्को लागी स्थानीय तह र केन्द्र सरकारसंग निरन्तर सहकार्य भइरहने बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बाह्रै महिना बस सञ्चालनका लागी नगरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । बस सञ्चालनका लागी थुप्रै चुनौतीहरु रहेको स्मरण गर्दै मेयर तामाङले प्रदेश सरकार संग सहयोगको लागी अनुरोध समेत गरे। विद्यालयका जेष्ठ सदस्य इन्द्रमणि दाहालको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा प्रधानाध्यापक देवि श्रेष्ठले विद्यालयलाई गरेको सहयोगप्रति खुशी हुँदै प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया