नेकपा (माओवादी केन्द्र)को वेबसाइट सार्वजनिक

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ ।

१२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन् ।

पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ । यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।

प्रतिक्रिया