भूकम्प प्रभावितका लागि राहत बोकेर जाजरकोट पुगिन स्विट्जरल्यान्डकी क्यारिन

स्विट्जरल्यान्डकी क्यारिन मोइक्स भूकम्प प्रभावितका लागि राहत बोकेर जाजरकोट पुगेकी छन् । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न मोइक्स न्यानो कपडा, कम्बल र त्रिपाल लिएर सोमबार भुकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका पुगेकी हुन ।

१३ मंसिर, जाजरकोट । स्विट्जरल्यान्डकी क्यारिन मोइक्स भूकम्प प्रभावितका लागि राहत बोकेर जाजरकोट पुगेकी छन् । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न मोइक्स न्यानो कपडा, कम्बल र त्रिपाल लिएर सोमबार भुकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका पुगेकी हुन ।
उनी राहत सामाग्री लिएर बारेकोट १ सिल्पाचौरमा पुग्दा बारेकोट गाउँपालिका अध्यक्ष बिर बहादुर गिरि, नेकपा माओवादी केन्द्रिय सदस्य प्रभात चलाउनेलगायतको टिमले स्विस महिला मोइक्सलाई स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए । उनीसँगै गएका नेपाली सहकर्मी राजु शर्माका अनुसार क्यारिनले ६५ लाख बराबरको राहत ल्याएर वितरण गरेकी छन् । यसरी सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताइन् ।
जाजरकोटका भूकम्प प्रभावितको अवस्थाप्रति दुख व्यक्त गर्दै उनले आफ्नो देशका नागरिकले यस्तो दुख चलचित्रमा मात्र देख्ने गरेको सुनाइन । उनले आफूलाई असहज भएपनि भूकम्प प्रभावितको पीडामा मलम लगाउन पाउँदा खुसी लागेको बताइन । क्यारिनले आफ्नो फेसबुक मार्फत पीडामा सहयोगी बन्न पाउँदा खुसी लागेको बताउँदै सहयोगीहरुलाई धन्यवाद दिएकी छिन ।
उनले ुएसोसिएसन सुमो माया गर्छुु संस्था मार्फत राहत सामग्री वितरण गरेकी हुन् । क्यारिन आफैं त्यो संस्थाको सभापति हुन । सुमो माया ट्रेकिङ गर्दा क्यारिनको सहयोगीको रूपमा काम गर्थिन। सुमोको २०७२ सालको बिनाशकारी भुकम्पमा मृत्यु भएपछि पीडाबोध भए दुखी एवं प्रभावितहरुको सहयोग गर्ने भावनाले नेपालमा सामान्य भारी बोकेर जिबोकोपार्जन गर्ने महिलाको नाममा संस्था खोलेर सहयोग गरिरहेको उनको भनाई छ। उनलाई नेपालका तर्फबाट शर्मा लगायतको टिमले जाजरकोट पुग्न सहयोग गरेको थियो ।

प्रतिक्रिया