प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स तर्फ प्रस्थान गरेको हो ।

१३ मंसिर , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स तर्फ प्रस्थान गरेको हो ।
दुबई प्रस्थान गर्नु पूर्व प्रधानमन्त्रीलाई सभामुख देबराज घिमिरे, उपप्रधानमन्त्री पुर्ण बहादुर खड्कालगायतलेअन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया