चौतारा-नवलपुर-मेलम्ची सडक खण्ड कालोपत्रको काम सुरु

जिल्लाको बहुप्रतिक्षित चौतारा-नवलपुर-मेलम्ची सडक खण्ड कालोपत्रको काम सुरुवात गरिएको छ ।

१५ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको बहुप्रतिक्षित चौतारा-नवलपुर-मेलम्ची सडक खण्ड कालोपत्रको काम सुरुवात गरिएको छ । शुक्रबार बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले शिलान्यास गरेसंगै उक्त कार्यको सुरुवात गरिएको हो ।
चौतारा देखि मेलम्ची सम्मको सडक खण्ड अन्तर्गत हाल चौतारा देखि झ्याडी सम्मको ८.२ किलोमिटर सडकको कालोपत्रे गर्ने कामको सुरु भएको हो । नौबिसे-चौतारा खण्डको काम यसै बर्ष सम्पन्न हुने, मेलम्ची-शिखरपुर खण्डको निर्माण कार्य अघि बढिसकेको र बाँकी झ्याडी-नवलपुर-शिखरपुर खण्डको कार्य अब सुरु हुने मन्त्री दुलालको सचिवालयले जनाएको छ ।
उक्त कार्यको लागि शिद्वबाबा कन्स्ट्रक्सन प्रा.ली , काठमाडौंले २६ करोड ८२ लाख ९३ हजार २ सय साठीमा २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया