सामाजिक सुरक्षाको कार्यान्वयनमा स्थानीय तह सक्रिय हुनपर्नेमा सरोकारवालाहरुको जोड

सामाजिक सुरक्षाको कार्यान्वयनमा स्थानीय तहहरु सक्रिय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले देशका ७ सय ६१ वटै सरकार उत्तिकै जिम्मेवार रहेपनि स्थानीय तहहरुले धेरै काम गर्न सक्ने बताएका हुन् ।

१५ मंसिर, काठमाडौं । सामाजिक सुरक्षाको कार्यान्वयनमा स्थानीय तहहरु सक्रिय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले देशका ७ सय ६१ वटै सरकार उत्तिकै जिम्मेवार रहेपनि स्थानीय तहहरुले धेरै काम गर्न सक्ने बताएका हुन् ।
सामाजिक सुरक्षा अधिकारका लागि अन्तर्राष्ट्रिय सञ्जाल नेपालले आयोजना गरेको अन्तर्क्रियाका सहभागीले गाउँ र नगरपालिका भित्रका संगठित र असंगठित श्रमिकहरुको तथ्यांक मात्रै राख्न सकेपनि सामाजिक सुरक्षाको क्षेत्रमा ठूलो उपलब्धि हुने बताएका थिए । अन्तरक्रियामा संविधानसभाका सदस्य डोल्मा तामाङ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार तथा छत्रदेव गाउँपालिका अर्घाखाचीका निबर्तमान अध्यक्ष लेखनाथ पोखरेल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटा, नेपाल टे«ड युुनियन काङ्ग्रेसका महासचिव तथा अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघ नेपाल आवद्ध परिषदका सदस्य अजय कुमार राई सहभागी थिए । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी श्रीधर न्यौपानेको सहजीकरणमा भएको थियो भने सामाजिक संघ सस्थाका प्रतिनिधिहरु, टे«ड युनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया अघि त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक डा. दिपेश घिमिरेले सामाजिक सुरक्षाको बर्तमान अवस्था, उपलब्धी, समस्याहरु र आगामि कार्यबारे सुझाव सहितको प्रस्तुतीकरण गरेका थिए भने सामाजिक अभियन्ता ओम थपलियाले सहभागीलाई स्वागत गरेका थिए ।
अन्तरक्रियामा योगदानमा आधारित सामाजिक सुरक्षाको हालको अवस्था, सबै औपचारिक, अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धताका विषय उठान गरिएका थिए । यसैगरी स्थानिय तहको भूमिका, गैर योगदानमा आधारीत सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था, तिनवटै तहका सरकारको भुमिका एवं दुबै सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनमा लैजान सामाजिक संघ सस्था, टे«ड युनियन र अन्य सरोकारवालाको भुमिकालगायतका विषयमा अन्तरक्रिया केन्द्रीत थियो ।

प्रतिक्रिया