सिन्धुपाल्चोकको जलविरेमा मंसिर २३ गते निःशुल्क स्वास्थ्य शिविर हुने

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका जलविरेमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

१८ मङ्सिर, चौतारा । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं १ जलविरेमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । जलविरेस्थित आनन्द माध्यमिक विद्यालयमा मंसिर २३ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जुगल सिन्धु उत्थान समाज, सिन्धुपाल्चोकका चन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर र जुगल सिन्धु उत्थान समाज, सिन्धुपाल्चोकको सहकार्यमा जलविरेमा निःशुल्क आयुर्वेद विषेशज्ञ स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रम गर्न लागेको उनले बताए । स्वास्थ्य शिविरमा बलेफी गाउँपालिका, जुगल गाउँपालिका, चौतारा साँगाचोकगढीका २-४ वडाका र यातायात पायक पर्ने क्षेत्रका बिरामीहरूले निःशुल्क स्वास्थ्यसेवा लिन सक्नेछन् ।
आयोजकका अनुसार पेट पोल्ने, अमिलो पानी आउने, छाती पोल्ने, आउँ पर्ने, ग्यास्ट्रिक, टाउको दुख्ने, माईग्रेन, पिनास, रुघाखोकी, टन्सील, दम, निमोनिया र छालाका रोगसम्बन्धि सेवा उपलब्ध गराइने छ । त्यस्तै मधुमेय, पायल्स, फिसर र मलद्वारको शल्यक्रिया, स्त्रीरोग सेवा, हाडजोर्नी, ढाड दुखेको, बाथ रोग र नसा सम्बन्धी रोगहरूको पनि उपचार हुने जनाइएको छ । भिडियो एक्सरे सेवा, फिजियोथेरापी सेवा, सुगर परिक्षण, पंचकर्म सेवा, निःशुल्क औषधि वितरण, स्वास्थ्य सेवा सम्बन्धी जनचेतनामुलक कार्यक्रम पनि हुने छ । उपचार आयुर्विेदक पद्धतिबाट हुने जनाइएको छ । शिविर विहान ९ देखि दिनको ३ बजेसम्म हुने छ ।

प्रतिक्रिया