नौबिसे-चौतारा सडक निर्माणको काम समयमै सक्न सांसद सापकोटाको निर्देशन

सांसद माधब सापकोटा सुबोधले नौबिसे कुबिण्डे चौतारा सडक निर्माणको काम समयमै सक्न निर्माण सम्बद्द पक्षलाई निर्देशन दिएका छन् ।

१८ मंसिर, सिन्धुपाल्चोक । सांसद माधब सापकोटा ‘सुबोध’ले नौबिसे-कुबिण्डे-चौतारा सडक निर्माणको काम समयमै सक्न निर्माण सम्बद्द पक्षलाई निर्देशन दिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ को कार्यालय, कुविण्डेमा सोमबार भएको विकास निर्माण समन्वय छलफल मा उनले यस्तो निर्देशन दिएका हुन् । सांसद सापकोटाले लामो समयसम्म निर्माण कार्य पुरा नभएकोमा असन्तुष्टि व्यक्त गर्दै कार्यतालिकासहित निर्माण सुचारु गर्न निर्देश गरेका हुन् ।

छलफलमा चौतारा साँगाचोकगढी ४ नं. वडाका अध्यक्ष कुमार शर्मा, पुर्वाधार विकास कार्यालयका प्रमुख, प्राविधिक, निर्माण पक्ष लगायत सरोकारवालाहरुको उपस्थिति थियो । छलफलमा उपस्थित निर्माण पक्षले आगामी एक साताभित्र सामाग्री सहित कार्य सुचारु गर्ने र चैत्र मसान्तसम्म सम्पन्न गर्ने प्रतिबद्दता जनाए ।

प्रतिक्रिया