प्राधिकरणले दिएन लिसंखुलाई जवाफ

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले गत असोज २१ गते लिसंखु पाखर गाउँपालिकाको नाममा २ हजार ६ सय ९३ रुपैया ७० पैसा उल्लेख गरी सूचना सार्वजनिक गरेको थियो । तर लिसंखुले महशुल भुक्तानी गर्ने गरी कुनै पनि स्थानमा सडक वत्ती जडान गरेको नपाइएको बताएको छ ।

१९ मंसिर, सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिकाले जिल्लास्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र लामोसाँघुबाट प्रकाशित झुटो सूचना सच्याउन आनाकानी गरेको जनाएको छ ।
प्राधिकरणले गाउँपालिकाको नाममा झुटो सूचना प्रकाशन गरेको र त्यो भूल सुधारको विषयमा चासो नदेखाएको अध्यक्ष राजु लामाले बताए । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले गत असोज २१ गते लिसंखु पाखर गाउँपालिकाको नाममा २ हजार ६ सय ९३ रुपैया ७० पैसा उल्लेख गरी सूचना सार्वजनिक गरेको थियो । तर लिसंखुले महशुल भुक्तानी गर्ने गरी कुनै पनि स्थानमा सडक वत्ती जडान गरेको नपाइएको बताएको छ । गाउँपालिकाले शुक्रबार सूचना प्रकाशित गरी गाउँपालिकाको नाम उक्त हटाइ सो को जानकारी पठाउन र आगामी दिनमा झुटो मिथ्या प्रचार नगर्न पत्राचार गरेको थियो । तर प्राधिकरणले मंगलबारसम्म पनि त्यसको उत्तर नदिएको अध्यक्ष लामाले जानकारी दिए ।
गाउँपालिकाले बक्यौता रकम भुक्तानीको विषयलाई लिएर पालिकाको नाममा प्रकाशित गरिएको सूचनालाई विभिन्न पत्रपत्रिकाले समेत प्रकाशित गर्दो भ्रम सिर्जना हुन गएकोप्रति असन्तुष्टि ब्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष लामाले लिसंखु पाखरवासीलाई पुग्न गएको चोटप्रति प्राधिकरण लगाएत सूचना प्रकाशन प्रसारणसँग सम्बन्धित सबै पक्षको गम्भीर रुपमा ध्यानाकर्षण गराएका थिए । लामोसाँघुस्थित कार्यालयका प्रमुख दिपक सापकोटाले जिल्लाको विकट गुम्बामा विद्युतीकरणका लागि जानु परेकोले सो विषय हेर्न नपाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया