फुल्पिङ्कोट माविलाई प्रविधि मैत्री बनाउने अध्यक्ष तामाङको प्रतिवद्धता

बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीय फुल्पिङ्कोट माविलाई प्रविधि मैत्री बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१९ मंसिर, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीय फुल्पिङ्कोट माविलाई प्रविधि मैत्री बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलबार विद्यालयको ६१ औं बार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष तामाङले सो प्रतिवद्धता जनाएका हुन् । वडा नं २ स्थित फुल्पिङ्कोटमा रहेको सो विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनले खेलमैदान निर्माणको लागि समेत आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाकै पुरानो मध्येको एक सो विद्यालयमा आयोजित कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष सरु लामा (तामाङ) ले बिशेष अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् । विद्यालयले बार्षिकोत्सवका अवसरमा स्थानीय शिक्षाप्रेमी, शिक्षक एवं उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको गरेको छ ।

प्रतिक्रिया