फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी

१७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी भएको छ ।

२६ मंसिर, काठमाडौं । १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी भएको छ । मंगलबार भृकुटी मण्डपमा आयोजित मैत्रीपूर्ण फुटबलमा प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० ले हराएको हो । प्रतिनिधिसभाको तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई गोल गरे । नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले एक एक गोल बनाए । खेलको पहिलो हाफमा सापकोटाको गोलबाट टोलीले अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि अग्रता कायम गर्दै प्रतिनिधिसभा टोलीले तीन गोल थप्यो । प्रतिनिधिसभा टोलीको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया