पालिकामा पर्यटक भित्र्याउन उपाय खोज्दै जुगलको नेतृत्व

जिल्लाको जुगल गाँउपालिकाले जुगल हिमालमा पर्यटक भित्र्याउने विभिन्न उपायबारेको छलफललाई निरन्तरता दिएको छ ।

२७ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाँउपालिकाले जुगल हिमालमा पर्यटक भित्र्याउने विभिन्न उपायबारेको छलफललाई निरन्तरता दिएको छ ।
यसै सिलसिलामा मंगलबार नेपाल दक्षिण कोरिया मित्रताको ५० औं बर्षको अवसरमा हिमाल आरोही तथा समाजसेवी क्याप्टेन उम हङ गिलको नेतृत्वमा हिमाल आरोहीहरु जुगल हिमाल आउने विषयमा गाउँपालिकासँग छलफल भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।
छलफलमा जुगल गाउँपालिका अध्यक्ष स्याङ्बो, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, महासचिव मोहान लम्साल, जुगल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिक, नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ङवा ङिमा शेर्पा, नेपाल पर्वतारोहण संघको प्रशासकीय प्रमुख, पर्वतारोही एवं अभियन्ता मिलन तामाङलगायतको उपस्थिति रहेको थियो ।
गिल नेपाल सरकारबाट मानार्थ नेपाली नागरिकताप्राप्त बिगत लामो समय देखी नेपालमै समाजसेवामा लागिरहेका कोरियाली नागरिक हुन् । काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल र पालिकामा पर्यटक भित्र्याउन पालिकाको नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रचार एवं कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया