झक्कप्रसाद आचार्य सिन्धुपाल्चोकमा नयाँ ‘सिडिओ’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन् ।

३० मंसिर, सिन्धुपाल्चोक । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक आचार्यको सरुवा गरेका हुन् । उनका साथै गृहमन्त्रालयले शुक्रबार १६ जना प्रमुख जिल्ला अधिकारी(सीडीओ) र अन्य ८ जना सहसचिवको पदस्थापना गरेको थियो।

जिल्ला प्रशासन पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीकोरुपमा सरुवा गरिएको छ भने कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन् । सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर पुर्‍याइएका छन् । त्यस्तै भोजपुरका हरिप्रसाद घिमिरे लाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन् भने गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ। 

प्रतिक्रिया