पशुपति क्षेत्र विकास कोष संचालक परिषद सदस्यमा पराजुली नियुक्त

पशुपति क्षेत्र विकास कोष संचालक परिषद सदस्यमा रेणुका पराजुली नियुक्त भएकी छिन् । 

१ पुस, काठमाडौं । पशुपति क्षेत्र विकास कोष संचालक परिषद सदस्यमा रेणुका पराजुली नियुक्त भएकी छिन् ।  सिन्धुपाल्चोक जिल्लामा जन्मेर काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा स्थायी रुपमा बस्दै आएकी उनी आइतबार नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयबाट मनोनित भएकी हुन् । शुक्रबार भएको मन्त्रीस्तरको निर्णय अनुसार पराजुलीलाई पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदको सदस्य पदमा ४ वर्षका लागि मनोनयन गरिएको हो ।

कोष सञ्चालक परिषदको सदस्य मन्त्री अर्थात परिषद अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ । परिषदमा राष्ट्रिय योजना अयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मुलभट्ट, संस्कृति, गृह र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था ऐनमा गरिएको छ ।

प्रतिक्रिया