ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ ।

२ पुस, काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । जसमा नेपालका तर्फबाट रिजु अधिकारी प्रथम, उज्ज्वल भेटुवाल द्वितीय र रिशिका शाह तृतीय भएका छन् । उनीहरुले पुरस्कार स्वरुप क्रमशः ५ हजार पाउन्ड, २ हजार पाउन्ड र १ हजार पाउन्ड पाएका हुन् । यो संगै ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केहीले आईईएलटीएस उपहार पनि पाएका छन् ।

ब्रिटिश काउन्सिलले प्रेश विज्ञप्ति जारी गर्दै हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेको, मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएको र दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको जानकारी दिएको छ । काउन्सिलले विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको र घोषणा भने ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिने बताएको छ । ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई बधाई दिदैँ नेपालको शैक्षिक, आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेको बताईन् ।

प्रतिक्रिया