काठमाडौंमा क्षेत्रीय उर्जा सहकार्य र क्लाइमेट पार्लियामेन्ट नेपालको गठन बारे महत्वपुर्ण छलफल

क्षेत्रीय उर्जा सहकार्य र क्लाइमेट पार्लियामेन्ट नेपालको गठन बारे महत्वपुर्ण छलफल गर्दै रिजनल इनर्जी कोअपरेशन साउथ एसिया राउण्ड टेवल सम्पन्न भएको छ ।

२ पुस, काठमाडौं । क्षेत्रीय उर्जा सहकार्य र क्लाइमेट पार्लियामेन्ट नेपालको गठन बारे महत्वपुर्ण छलफल गर्दै रिजनल इनर्जी कोअपरेशन साउथ एसिया राउण्ड टेवल सम्पन्न भएको छ ।
प्रतिनिधिसभा पुर्वधार विकास समितिको आयोजनामा आइतबार ७ बुदेँ घोषणापत्र जारी गर्दै राउण्ड टेवल सम्पन्न भएको हो। उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा भारतको लोक सभा सदस्य एवम् क्लाइमेट पार्लियामेन्टका अध्यक्ष डा.संजय जैसवाल, क्लाइमेट पार्लियामेन्टका सल्लाहकार डा। सुमेधा बासु, क्लाइमेट पार्लियामेन्ट एसियाका निर्देशक मुकुल शर्मा, नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रतिनिधिसभाका सदस्यहरु माधव सापकोटा, ठाकुर गैरे, राष्ट्रिय सभाका सदस्यलगायत अन्य विभिन्न क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्षेत्रीय उर्जा सहकार्य र क्लाइमेट पार्लियामेन्ट नेपालको गठन बारे महत्वपुर्ण छलफल भएको त्यहाँ उपस्थित प्रतिनिधिसभा सदस्य सापकोटाले जानकारी दिए । उनले निकट भविष्यमा क्लाइमेट पार्लियामेन्ट नेपाल गठन गर्ने अन्तिम तयारीमा रहेको बताए ।

प्रतिक्रिया