राष्ट्रपति पौडेलले गरे छ जना न्यायाधीस नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गरेका छन् ।

४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गरेका छन् ।  राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् । न्यायाधीशमा नियुक्ति पाउनेहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । 

प्रतिक्रिया