सांसद सापकोटाको पहलमा स्थानीयलाई ६ प्रतिशत शेयर दिने भोटेकोशीहाइड्रोको सहमती कार्यान्वयनमा जाँदै

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधिन भोटेकोशी पावर कम्पनी र स्थानीय सरोकारवालाहरुबीच राजनीतिक दलका नेताहरुको उपस्थितिमा भएको पुरानो सहमती कार्यान्वयन गराउन सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले नेतृत्वदायी पहलकदमी लिएका छन् ।

४ पुस, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधिन भोटेकोशी पावर कम्पनी र स्थानीय सरोकारवालाहरुबीच राजनीतिक दलका नेताहरुको उपस्थितिमा भएको पुरानो सहमती कार्यान्वयन गराउन सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले नेतृत्वदायी पहलकदमी लिएका छन् ।
बुधबार सांसद सापकोटाको पहलकदमीमा काठमाडौंमा बसेको महत्वपूर्ण बैठकपछि सहमती कार्यान्वयनमा जाने तहमा पुगेको हो । गतबर्ष चुनावमा सहमती कार्यान्वयन गराउने बचनबद्धता व्यक्त गरेका सांसद सापकोटाले बुधबार काठमाडौंमा क्षेत्र नं १ का जनप्रतिनिधि, भोटेकोशी पावर कम्पनीका अधिकारी, भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेताहरु समेतको बैठक राखेर सहमती कार्यान्वयनमा लैजाने वातावरण बनाएका हुन् । बैठकमा सांसद सापकोटा, बागमती प्रदेश सभाका सांसदहरु सदस्य सरल सहयात्री, अमृता नेपाल, माईली तामाङ, एमाले नेता अमृतकुमार खड्‌का, माओवादीका लाक्पा शेर्पा, दिपेन्द्र कुमार श्रेष्ठ, भोटेकोशी हाइड्रोका मोहन कर्माचार्य, बबिन प्रधान र जीवन प्रसाद ढल्लाकोटीको उपस्थिति रहेको थियो । बैठकमा बोलाइएपनि भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा भने आएनन् । आजको बैठकका लागि निम्तो पाएपछि उनले मंगलबार बेलुका फेसबुकमा स्टाटस लेखेर छ प्रतिशत शेयर वितरण प्रक्रिया अघि बढ्न लागेको बताएका थिए ।
आठ बर्ष अघि भोटेकोशी पावर कम्पनी प्रा.लि., भोटेकोशी जलविद्युत सरोकार संघर्ष समिति र भोटेकोशी सरोकार समितिबीच भएको ६ प्रतिशत शेयर स्थानीयलाई दिने सहमती कार्यान्वनमा आउन सकेको छैन । राजनैतिक दलका प्रतिनिधिहरुसमेतको उपस्थितिमा विभिन्न चरणमा विभिन्न स्थानमा भएको बार्ता पछि भोटेकोशीले शेयर दिनु पर्ने भन्ने सम्बन्धमा ६ प्रतिशत साधरण शेयर प्रति शेयर रु १०० को दरमा स्थानीयलाई दिने सहमति भएको थियो ।

प्रतिक्रिया