लिसंखु पाखरले निशुल्क सीपमुलक संचालन तालिम गर्ने

जिल्लाको लिसंखु पाखर गाउँपालिकाले विभिन्न क्षेत्रमा निशुल्क सीपमुलक तालिम संचालन गर्ने भएको छ ।

९ पुस, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाले विभिन्न क्षेत्रमा निशुल्क सीपमुलक तालिम संचालन गर्ने भएको छ । गाउँपालिकाले प्लम्बर, हाउस वाइरिङ, कपाल काट्ने र ब्युटिसियन तालिम संचालन गर्न लागेको हो ।आइतबार सुचना प्रकाशन गर्दै गाउँपालिका भित्रका तालिम लिन इच्छुक नागरिकहरुलाई निवेदन पेश गर्न अनुरोध गरिएको छ । तालिममा सहभागी हुन इच्छुक पालिकाबासीले सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन अर्थात पुस २३ गते भित्र आवश्यक कागजात सहित निवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । स्थानीय स्तरमा रोजगारी प्रदान गर्ने उदेश्यका साथ लिसंखुले तालिम संचालन लागेको हो ।

आफ्नो रुचि अनुसारको तालिम लिन चाहने लिसंखुबासीले विषय खुल्ने गरि लिखित निवेदनसहित नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ताको प्रतिलिपि र पासपोर्ट साईजका दुईप्रति फोटो पेश गर्नुपर्ने बताइएको छ । यद्यपि तालिममा सहभागी हुन चाहनेको उमेर, न्युनतम शैक्षिक योग्यता, तालिम संचालन हुने समय, अवधि जस्ता विषय भने खुलाइएको छैन ।

प्रतिक्रिया