धरातल विनाका नयाँ दलहरुको स्टन्ट र हल्ला धेरै समय टिक्दैन : सांसद सापकोटा

संघिय सांसद माधव सापकोटा ‘सुबोध’ले नयाँ भनिएका धरातल विनाका दलहरुको स्टन्ट र हल्ला धेरै समय नटिक्ने बताएका छन् ।

१३ पुस, काठमाडौं । संघीय सांसद माधव सापकोटा ‘सुबोध’ले नयाँ भनिएका धरातल विनाका दलहरुको स्टन्ट र हल्ला धेरै समय नटिक्ने बताएका छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा उनले स्टन्ट र हल्ला गर्नेहरु लामो समयसम्म राजनितीमा नटिक्ने बताएका हुन् । फरक प्रसंगमा सांसद सापकोटाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको एक वर्ष अहिलेसम्म कै उत्कृष्ट र सफल भएको बताए । उनले आउँदो समय सरकार थप गतिवान हुनुपर्ने धारणा ब्यक्त गरे। नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य सापकोटाले मुद्रा सञ्चिति र व्यापार घाटा घट्दै जानु र वैदेशिक सम्बन्ध बलियो बन्नु वर्तमान सरकारको सफलताको आधार प्रस्तुत गरे ।

परिवर्तन विरोधी शक्तिहरुले हल्ला फैलाए जस्तै वर्तमान सरकार असफल र कमजोर नभएको बताउँदै भने,“राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने मुद्रा सञ्चिति ह्वात्तै बढेको, व्यापार घाटा क्रमशः सुधार हुँदै गएको, भारतसँग ऐतिहासिक विद्युत व्यापार सम्झौता लगायतले प्रष्ट हुन्छ कि प्रचण्ड सरकार अहिलेसम्मको उत्कृष्ट हो ।” ‘नेपाल आयल निगम र नेपाल एयरलाइन्सले व्यापर घाटालाई कम गर्दै लगेको र विद्युत प्राधिकरण नाफामा जानुका साथै सरकार अधिनस्त संस्थानहरुले ज्यादा राजश्व संकलन गर्नुले यो एक वर्ष सफल छ’, सापकोटाले थपे ।

प्रतिक्रिया