बालकुमारी घटना छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

बालकुमारी घटना छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको छ ।

१६ पुस, काठमाडौं । बालकुमारी घटना छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषदले ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारी घटना निष्पक्ष र वस्तुगत छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगको अध्यक्षको जिम्मेवारी उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेललाई दिइएको छ भने पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेका छन् ।

आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन र विश्लेषण गर्ने, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने लगायतका कार्यादेश छ । गत शुक्रबार दुई जना युवाको मृत्यु हुनेगरि भएको घटनाका बारेमा छानविन गर्न गठित आयोगलाई एक महिनाभित्र छानविन प्रतिवेदन पेश गर्न समेत भनिएको छ ।

प्रतिक्रिया