१८ पुस, सिन्धुपाल्चोक । समाजसेवी राजकुमार आचार्यले वनकाली आधारभुत विद्यालयको छात्रवृत्ति अक्षय कोष स्थापनाका लागी १ लाख सहयोग गरेका छन् । मंगलबार बलेफी गाउँपालिका वडा नं. १ स्थित वनकाली आधारभूत विद्यालयको ४५औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहमा आचार्यले सहयोगको घोषणा गरेका हुन्।
विद्यालयका जेहेन्दार, गरिब, पिछडिएको बर्गका विद्यार्थीको समग्र शैक्षिक तथा भौतिक क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले अक्षय कोषमा सहयोग गरेको आचार्यले बताएका छन् ।
अक्षयकोषमा रामभक्त श्रेष्ठले १ लाख ११ हजार १ सय ११, राधाकृष्ण श्रेष्ठले ५० हजार, नेवा गुठि समाजबाट ३० हजार, धिर्ज बहादुर कायस्थले ५ हजार ५ सय ५५, रामलाल श्रेष्ठले ५ हजार ५ सय ५५ र रविन्द्र खड्काले ३ हजार ३ सय ३३ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयको वार्षिकोत्सवमा बुद्धिजिवी, शिक्षाविद्, समाजसेवी, विद्यालय परिवार, भूतपूर्व विद्यार्थीकासाथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।