‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सफल भयो : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्धारण गरेको लक्ष्यमा सफल भएको बताएका छन ।

१८ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्धारण गरेको लक्ष्यमा सफल भएको बताएका छन । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले ‘घर घरमा माओवादी जन जनमा माओवादी’नाराका साथ सुरु भएको अभियान सफल भएको बताए ।

उपाध्यक्ष सापकोटाले अभियानको क्रममा पुराना कार्यकर्ता जोडिएको र उल्लेख्य संख्यामा पार्टीमा प्रवेश भएको जानकारी दिए । आफु अभियानको दौरानमा दार्चुला गएको र त्यहाँका जनताबाट राष्ट्रियताको विषयमा उर्जा लिएर फर्किएको उनको भनाई छ । उनले सो अभियानले पार्टीको मूल्यांकनको आधार तय भएको बताए । अर्को प्रसंगमा सरकारको एक वर्षको कार्यकाल सफल भएको बताउँदै उनले पहिलो वर्षको अनुभवबाट सिकेर अघि बढ्ने बताए । प्रवक्ता सापकोटाले राष्ट्रिय सभा निर्वाचनमा माओवादीले घाइते, अपाङ्गता भएका र अवसर नपाएकालाई स्थान दिने विषयमा छलफल भएको जानकारी दिए ।
गत भदौ १६ गतेदेखि नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार सम्पन्न भएको हो ।

प्रतिक्रिया