रामबहादुर बम्जन पक्राउ, प्रहरीले गर्यो ३ करोड बरामद

संसारभर तपस्वीका नामले चिनिएका रामबहादुर बम्जन पक्राउ परेका छन् । बारा जिल्लाको घना जंगलबीचमा तपस्या गरेको भनेर चर्चा कमाएका बम्जनलाई चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुढानिलकण्ठ, हात्तीगौंडास्थित एक घरबाट पक्राउ गरेको हो ।

२५ पुस, काठमाडौं । संसारभर तपस्वीका नामले चिनिएका रामबहादुर बम्जन पक्राउ परेका छन् । बारा जिल्लाको घना जंगलबीचमा तपस्या गरेको भनेर चर्चा कमाएका बम्जनलाई चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुढानिलकण्ठ, हात्तीगौंडास्थित एक घरबाट पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आफ्नो महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्यो ।
बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि बाल यौन दूराचारको र अनुयायी बेपत्ता पारेको आरोप रहेको छ । सीआईबीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ । प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ । सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फच्र्युन गाडी चढ्ने गरेका थिए ।
५ करोडमा बुक गरेको ल्यान्ड क्रुजरका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीले जानकारी दियो । उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बम्जनका लागि हाल प्रयोगमा रहेको टोयटा फच्र्युन बरामद गरेको छ । यस्तै क्रस फायर, केटिएम डुक, यमाहा रे जेआर स्कुटरलगायत पनि बरामद गरेको छ ।
धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बम्जन आफूलाई भगवान भनेर चिनाउँथे ।

प्रतिक्रिया