भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले हात पारेका छन् ।

२८ पुस, काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले हात पारेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए । भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए । कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो । ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी र भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो ।

प्रतिक्रिया