बलेफी गाउँपालिकाले छोरी सम्मान कार्यक्रममार्फत खातामा पाँच हजार जम्मा गरिदिने

बलेफी गाउँपालिकले छोरीसम्मान कार्यक्रम मार्फत छोरी जन्मेपछि खातामा पाँच हजार जम्मा गरिदिने भएको छ ।

५ माघ , सिन्धुपाल्चोक । बलेफी गाउँपालिकले छोरीसम्मान कार्यक्रम मार्फत छोरी जन्मेपछि खातामा पाँच हजार जम्मा गरिदिने भएको छ ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै २०८० साल साउन १ गते यता जन्मिएका छोरीहरुको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको । त्यसरी छोरी जन्मिएका बाबु आमाले वडा कार्यालयको सिफासिर सहित १५ दिनभित्र विवरण दिन आग्रह गरिएको छ । बलेफी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवन्त दहालद्वारा जारी सूचनामा स्वास्थ्य संस्थामा छोरी जन्मिएको प्रमाणपत्र, जन्मदर्ताको प्रतिलिपि, वडाको सिफारिस र छोरीको नामममा बैंक खाता नम्बरसहितको विवरण दिन भनिएको छ । छोरी १८ वर्ष नपुग्दा सम्म बैंकको खातामा नै रकम रहने गरी नियमानुसार वालिकाको नाममा खोलिएको मुद्धति खाता हुनुपर्ने पालिकाको सूचनामा उल्लेख छ ।
सूचनाको पूर्ण पाठ
‘प्रस्तुत विषयमा यस बलेफी गाउँपालिकाको चालु आ.व.२०८०।०८१ को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले चालु आ.व. २०८०।०८१ श्रावण महिनको १ गते देखि २०८० पौष मसान्तसम्म छोरी जन्माउने आमाबाबुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र देहायको विवरण संलग्न राखी सम्बन्धित वडाकार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।

देहायः
१. छोरी स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्रको प्रतिलिपी।

२. छोरीको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।

३. सम्बन्धित वडा कार्यालयको सिफारिस ।

४. छोरी १८ वर्ष नपुग्दा सम्म बैंकको खातामा नै रकम रहने गरी नियमानुसार वालिकाको नाममा खोलिएको मुद्धति खाताको विवरण ।’

प्रतिक्रिया