लक्ष्मी देवीले मनायो ४१ औँ वार्षिकोत्सव, पूर्व शिक्षकलगायतलाई सम्मान

जिल्लाको बलेफी गाउँपालिका वडा नं २ देउरालीडाँडा स्थित लक्ष्मीदेवी माध्यमिक को ४१ औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

१२ माघ, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका वडा नं २ देउरालीडाँडा स्थित लक्ष्मीदेवी माध्यमिक को ४१ औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम गरि मनाइएको छ । बुधबार सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा सुबोधले समारोह साथै विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरे । कार्यक्रममा प्रधानाध्यापक हिरालाल न्यौपानेले विद्यालयको वर्षिक प्रतिवेदन प्रस्तुत गरे ।

विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा जग्गादाता, संस्थापक सदस्यलाई सम्मान , गाउँपालिकाको सहयोगमा स्वास्थ्य जाँच, स्थानीयद्वारा खैजेडी भजन प्रस्तुत तथा पूर्व शिक्षक सम्मान कार्यक्रम गरिएको थियो ।
समाजसेवी एवम् नेकपा (माओवादी केन्द्र) सिन्धु काठमाडौं सम्पर्क समितिको तर्फबाट राजकुमार आचार्यले अतिरिक्त कृयाकलाप अन्तर्गत विद्यालयलाई फुटबल, भलिवल, क्यारेम बोर्ड, ब्याड्मिन्टन लगायतका खेलकुद सामग्री सहयोग गरे । सो सामग्री प्राप्त भएकोमा विद्यालय परिवारले खुसी व्यक्त गरे ।
वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहमा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, शिक्षा शाखा प्रमुख सल बहादुर पाण्डे, वडाअध्यक्षहरु छविलाल न्यौपाने, रमेश श्रे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया