बाह्रबिसे ७ घुम्थाङले सुरु गर्यो घरधुरी पहिचान

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ७ नम्बर वडाले वडाभित्रका सबै घरको घरधुरी पहिचान कार्य सुरु गरेको छ ।

१३ माघ, सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका ७ नम्बर वडाले वडाभित्रका सबै घरको घरधुरी पहिचान कार्य सुरु गरेको छ । बिहिबार वडाअध्यक्ष ङिमा शेर्पाले घुम्थाङको एक घरमा नम्बर प्लेट राखेर घरधुरी पहिचान कार्यको उद्घाटन गरे ।

शेर्पाले वडाको सत्य र तथ्यपरक सुचनाका लागि घरधुरी पहिचानको कार्य अघि बढाएको बताए । यसवर्ष तथ्यांक संकलन गरि संकलित तथ्यांकका आधारमा सेवा प्रवाह गरिने उनको भनाई छ । राष्ट्रिय जनगणनाबाट आएको तथ्यांकमा थपघट भईसकेको, वडाका लागि मात्र चाहिने कतिपय तथ्यांक थप्नुपरेको र वडामा रहेका सबै घरधुरिको नक्साङ्कन समेत गर्नुपर्ने भएकाले यो आर्थिक वर्षमा पहिचानको काम गरिएको उनले जानकारी दिए । अब आउने तथ्यांकले वडाबासीलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने उनको विश्वास छ ।

वडाअध्यक्ष शेर्पाले घरको नम्बरिङ र तथ्याङ्क संकलनका लागि खटिएका कर्मचारीलाई सत्यतथ्य र यथार्थपरक सुचना दिएर सहयोग गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया