जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको उपाधि चौतारालाई

१०औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले हात पारेको छ ।

१४ माघ, सिन्धुपाल्चोक । १०औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले हात पारेको छ । चौतारा टुँडिखेलमा भएको खेलकुद प्रतियोगितामा ४१ स्वर्ण, ११ रजत र १२ कास्यपदकसहित चौताराले अग्रस्थानमा आफ्नो नाम राख्न सफल भएको हो । यस्तै सुनकोसी गाउँपालिका ७ स्वर्ण, २ रजत र ५ कास्यपदकसहित दोस्रो र मेलम्ची नगरपालिका ६ स्वर्ण, २ रजत र ८ कास्यसहित तेस्रो भए । प्रतियोगितामा कबड्डी, एथलेटिक्स, कराँते, भलिबल, तेक्वान्दो लगायतका खेलको प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको समापन सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले गरेका थिए ।

शुक्रबारदेखि सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरेका थिए । सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहका दुई सय भन्दा बढी खेलाडी विभिन्न विधाका खेलमा सहभागी थिए ।

प्रतिक्रिया