तेम्बाथाङमा होमस्टे तालिम : जुगलको आलु संसारभर चिनाइने

जुगल गाउँपालिकाको सबैभन्दा माथिल्लो बस्ती तेम्बाथाङमा होमस्टे तालिम गरिएको छ ।

१५ माघ, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको सबैभन्दा माथिल्लो बस्ती तेम्बाथाङमा होमस्टे तालिम गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले गरेको तालिममा ३५ जना स्थानीय लाभान्वित भएका छन् । होमस्टे महासंघ नेपालको संस्थापक अध्यक्ष भिम केसिलगायत ३ जनाको टोलीले ५ दिनसम्म जुगल गाउँपालिका वडा नम्बर २, ३ र ६ का स्थानीयलाई कोदोको केक र आलुको परिकार बनाउन सिकाए ।

स्थानीय उत्पादनबाट २६ वटा परिकारका खानाको पाक शिक्षा, होमस्टेको संचालन, दर्ता प्रक्रिया साथै जुगलमा पर्यटनको बिकास, प्रवर्धन, सम्भावना र चुनौतीहरुको विषयलाई समेत समेटेर तालिम दिइएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । उनले ‘ब्रान्डिङ’ गर्न खोजिएको कोदोको केकलाइ बजारमा लानुपुर्व ल्याब टेस्ट गरिने र आलुलाई नयाँ स्वाद र डिजाइन सहित ‘जुगले आलु‘ नाम दिई बजारमा लाने बताए । आइतबार बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण साथै कार्यक्रमको समापन गरे । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्बोसहित वडाअध्यक्ष, वडासदस्य लगायत स्थानीयको उपस्थित थियो ।

प्रतिक्रिया