प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा सिन्धुकी वि.क प्रथम

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बागमती प्रदेशले आयोजना गरेको निबन्ध प्रतियोगितामा सिन्धुपाल्चोककी राधिका वि.क प्रथम भएकी छिन ।

२७ माघ, सिन्धुपाल्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बागमती प्रदेशले आयोजना गरेको निबन्ध प्रतियोगितामा सिन्धुपाल्चोककी राधिका वि.क प्रथम भएकी छिन । आयोगको  ३३ औं स्थापना दिवस २०८० को अवसरमा आयोजित माध्यमिक तह स्तरीय निबन्धमा बलेफी गाउँपालिका वडा नं २ स्थित फुल्पिङकोट माध्यमिक विद्यालयकी वि.क प्रथम भएकी हुन । यस्तै प्रतियोगितामा रोजवड स्कुल काठमाडौंकी समज्ञा सापकोटा द्वितीय र वाल्मीकि शिक्षा सदन माध्यमिक विद्यालय, चितवनकी प्रार्थना बेल्वासे तृतीय भएका थिए ।

आयोगका उपसचिव गोविन्द प्रसाद गौतमका अनुसार निबन्धमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई आइतबार  आयोगको कार्यालय, हेटौंडामा आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ ।

प्रतिक्रिया