प्रेस काउन्सिल नेपालका पुर्व सदस्य आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुरस्कृत

प्रेस काउन्सिल नेपालका पुर्व सदस्य तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुरस्कृत भएका छन् ।

२८ माघ, काठमाडौं । प्रेस काउन्सिल नेपालका पुर्व सदस्य तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुरस्कृत भएका छन् । सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत अख्तियारको ३३औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा आचार्यलाई पुरस्कृत गरिएको हो । पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिबृद्धि उल्लेखनीय याेगदान पुर्याएवापत आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो । आज आयोजित अख्तियार दिवस समारोहमा आचार्यलाई पुरस्कृत गरिए पनि पारिवारिक कामले अष्ट्रेलियामा रहेकाले पछि उपलब्ध गराउने जानकारी दिइएको थियो ।

उक्त पुरस्कारबाट पत्रकारहरु मातृका माहाल, सुवास गाेतामे, अजय अनुरागी पनि पुरस्कृत भएका थिए ।

प्रतिक्रिया